२ भदौ,काठमाडौं । जर्मन सुपर कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।
मंगलबार राति वेस्टफलन रंगालामा भएको खेलमा घरेलु टिम बोरुसिया डर्टमन्डलाई हराउँदै बायर्न म्युनिखले जर्मन सुपरकपको उपाधि जितेको हो।
बायर्न ३–१ गोल अन्तरले विजयी भएको हो । बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा थोमस मुलरले १ गोल गरे । ४१ औं मिनेटमा सर्गेइ नाब्रीको पासमा लेवान्डोस्कीले गोल गरे । ४९ औं मिनेटमा मुलरले एकल प्रयासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
यता दुई गोलले पछि परेको डर्टमन्डकाका रिउसले ६४ औं मिनेटमा बेलिङ्घमको पासमा गोल गरे पनि क्लबलाई जित दिलाउन सकेनन्। ७४औं मिनेटमा लेवान्डोस्कीले नै व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३–१ गोलको जित दिलाए।