२ भदौ,काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गर्दै, छ ।
पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने र चुनाव चिह्न भने सूर्य नै राख्ने एक नेताले जानकारी दिए ।
एक नेताका अनुसार विकल्पमा पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा समाजवादी, नेकपा एमाले (क्रान्तिकारी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) लगायतमा कुन राख्ने भन्ने बिषयमा छलफल भइरहेको छ ।
तर नेकपा एमाले (समाजवादी) राख्ने करिब टुंगो लागेको सो पार्टीका नेताहरुले बताएका छन् ।
तर चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।चुनाव चिह्न सूर्यमा उदाउँदो सूर्य वा कुनै पनि सूर्य हुन सक्ने बताइएको छ ।
दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी हुनासाथ निर्वाचन आयोगमा पुग्ने नेपाल पक्षको तयारी रहेको स्रोतको भनाई छ ।