२ भदौ,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ तोकिएको छ।
आफूलाई हटाई घिसिङलाई नियुक्ति दिइएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो।
उनले आफूलाई पुनःवहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन्। आफू ४ वर्षका लागि नियुक्त भएकामा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ।