Top News राजनीति

सरकारमा सहभागिताबारे छलफल गर्न जसपा केन्द्रीय समितिको बैठक जारी

२ भदौ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक शुरू भएको छ ।

सोमवारदेखि काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा जारी बैठक आज सम्पन्न हुनेछ ।

आजको बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान र अभिमुखीकरण सम्बन्धी कार्यक्रमहरूको परिचालन, समन्वय, अनुगमन, मूल्यांकन, निरीक्षण, अवलोकन, अभिलेखीकरण र सरकारमा सम्मानजनक सहभागिताबारे निर्णय हुने जसपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.