२ भदौ,काठमाडौं ।आज बुधबार सुनको मूल्य प्रतितोलामा २०० रुपैँयाले बढेको छ ।
सुनचाँदी व्यवसायि महासंघका अनुसार छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैँयामा कारोबार भएको छ । हिजो यो सुनको मूल्य ९१ हजार रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैँयामा कारोबार भएको छ । हिजो भने तेजावी सुनको मूल्य ९० हजार ५०० रुपैँयामा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने ५ रुपैँयाले घटेको छ । चाँदी प्रतितोला १ हजार २०५ रुपैँयामा कारोबार भएको छ। हिजो चाँदीको मूल्य १ हजार २१० रुपैँयामा कारोबार भएको थियो ।