२ भदौ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेका सांसदहरुमाथि कारवाही प्रक्रिय रोक्न माग गर्नै माधव कुमार नेपाल समूह संसद सचिवालय पुगेको छन्।
माधव नेपाल समूहका सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठले ओलीले गरेको कारवाही प्रक्रिया रोक्न माग गर्दै संसद भवन पुगेका हुन्। उनीहरुले महासचिव गौतमलाई कारवाही रोक्न पत्र समेत बुझाएका छन्।
मंगलबार एमालेले माधव नेपाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठसहित १४ जना सांसदहरुलाई कारबाही गर्दै सांसद पदबाट समेत हटाउन संसद सचिवालयमा पत्राचार गरेका थिए। सांसदहरु विरोध खतिवडा र जीवनराम श्रेष्ठ उक्त कारबाही रोक्न माग गर्दै संसद सचिवालय पुगेका हुन्।