२ भदौ,काठमाडौं । नेकपा एमाले विभाजन भएको छ ।
आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो ।
नेता नेपालले दलको नाम नेकपा एमाले (समाजवादी) दल र चुनाव चिन्ह खुल्ला किताब दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
नेकपा एमाले समाजवादीको संयोजक माधव नेपाल नै रहेका छन् ।