२ भदौ,काठमाडौं ।पछिल्लो २४ घन्टामा थप ३४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १६ हजार ८ सय ३८ जनाको कोरोना परीक्षण गरिएको थियो।
कोरोना संक्रमणबाट बुधबार ४२ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनको कुल स।ख्या १० हजार ३४६ पुगेको छ ।
त्यस्तै, २ हजार १ सय ४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ।