३ भदौ,काठमाडौँ । अष्ट्रेलियाले आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएईमा हुने टि२० विश्वकपको लागि १५ सदस्य टोली घोषणा गरेको छ ।
आरोन फिन्चको कप्तानीमा १५ सदस्यिय टोली घोषणा गरेको हो ।
अष्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा आरोन फिन्च (कप्तान), डेविड वार्नर,स्टिभ स्मिथ, प्याट कमिन्स (उपकप्तान), जोश हेजलवुड, जोश इंग्लिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्ड्सन, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्विपसन, म्याथ्यु वेड, एश्टन अगर र एडम जाम्पा पेका छन् भने वैकल्पिक खेलाडीमा ड्यान क्रिष्टियन, नाथन एलिस र ड्यानियल साम्स परेका छन् ।