३ भदौ,काठमाडौँ । रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर -५ कोलडाँडामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार अत्याधिक वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले स्थानीय श्याम बहादुर ग्लानको घर पुरिएको हो । घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ ।