Top News राजनीति

‘प्रचण्ड’, माधव नेपाल र प्रधानमन्त्री देउवाबिच बालुवाटारमा छलफल जारी

३ भदौ,काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एमाले समाजवादीका अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवाबिच बालुवाटारमा छलफल जारी छ ।

आज बिहान ‘प्रचण्ड’ र माधव नेपाल, प्रधानमन्त्री देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन् । एमालेसँग पार्टी विभाजन गरेको २४ घण्टापनि नबित्दै माओवादी केन्द्र र एमाले समाजवादीका अध्यक्ष बालुवाटार पुग्नुलाई महत्वका साथ हेरिएको छ । सत्ता साझेदारका रुपमासमेत रहेका यी दलहरुबीच आजै मन्त्री बाँडफाँड गर्ने सम्भावना पनि बलियो छ । यद्यपि यो भेटलाई बाहिर भने राजनीतिक भेट मात्रै भनिएको छ ।

Leave a Reply

Your email address will not be published.