३ भदौ,काठमाडौं ।नेपाली काँग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
स्वास्थ्यमा समस्या आएपछि गिरि एक हप्ता अघि भारतको मुम्बई पुगेका थिए । घाँटीमा समस्या आएका उनको मुम्बधईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ ।
‘स्वास्थ्यमा समस्या आएपछि गिरि एक हप्ता अघि उपचारको लागि मुम्बई जानुभएको थियो । के समस्या हो भनेर उहाँ र उहाँको परिवारले एक्सपोज गर्न चाहेको छैन’ कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ‘तर, हामीले घाँटीमा जटिल समस्या आएको भन्ने सुनेका छौं ।’
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधि उहाँलाई भेट्न आज भारत जाँदै हुनुहुन्छ ।