Top News अर्थ

सुनको मूल्यमा प्रतितोला ४ सय रूपैयाँको गिरावट

३ भदौ,काठमाडौं । नेपाली बजारमा विहिवार (आज) सुनको मूल्यमा प्रतितोला ४ सय रूपैयाँको गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रूपैयाँमा कारोबार भएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय निर्धारण गरिएको छ । चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.