३ भदौ,काठमाडौं । एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादीका अध्यक्ष पुष्टकमल दाहाल (प्रचण्ड) र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज एकै मञ्चबाट सम्बोधन गर्दै छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा समाजवादी केन्द्र नेपालले आयोजना गर्न लागेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्क्रिया कार्यक्रममा तीन नेता सहभागी हुने भएका हुन् ।
आज तिनै नेताले माक्सवाद र समाजवादका विषयमा प्रस्तुति दिन एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।