Top News स्वास्थ्य

थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३३को मृत्यु

३ भदौ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप १६ हजार ४ सय ३८ जनामा गरिएको परीक्षणमा १८ दशमलव ७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ६०५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ४२९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २६ जनाले कोरोना संक्रमण जितेका छन् भने देशभर ७ सय ३९ आईसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.