Top News राजनीति

बामदेव गौतमले गरे माधव नेपाल नेतृत्वको एमाले समाजवादीमा जाने घोषणा

३ भदौ,काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टीमा जाने घोषणा गरेका छन् ।

आज उनले आफू पक्षका नेता कार्यकर्तासँगको भर्चुअल छलफलपछि यस्तो घोषणा गरेका हुन् ।

नेता गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथमा लागेर अब केही गर्न नसकिने भन्दै नयाँ तरिकाबाट पार्टी एकतामा जोड दिने बताए ।

‘ओलीको पक्षमा लागेर केही गर्न सकिदैन, अब हामीले विद्रोहबाट अर्कोपक्षभन्दा शक्ति आर्जन गरेर पार्टी एकतामा जोड दिन्छौं।’ नेता गौतमले भनेका छन् ।

Leave a Reply

Your email address will not be published.