Top News स्वास्थ्य

विश्वमा थप ७ लाख १९ हजारमा कोरोना संक्रमण,१० हजार ८६९ को मृत्यु

४ भदौ,काठमाडौं । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएका छन् ।

सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएको जनाएको छ । यो सँगै कोरोना संक्रमणका कारण ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् ।

५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् ।अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ ।

विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ जसमध्य १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ ।

Leave a Reply

Your email address will not be published.