स्वास्थ्य

बाबुरामलाई चिनियाँ कम्युनिस्ट पार्टीको स्वास्थ्यलाभको कामना

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ ।

डा.भट्टराई र पूर्वमन्त्रीसमेत रहेकी हिसिला यमीलाई कोभिड–१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो । 

साथै पत्रमा डा.भट्टराईले केही दिन अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ ।

डा. भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *