४ भदौ,काठमाडौं । काठमाडौंमा आजदेखि १८ वर्ष माथिका ११ र १२ कक्षाका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गरी १८ वर्ष पुगेका कक्षा ११ र १२ का विद्यार्थीलाई खोप लगाउन अनुरोध गरेको हो।
भदौ ४, ५ र ८ गते खोप कार्यक्रम सञ्चालन हुनेछ। विहान १० देखि साँझ ५ बजेसम्म खोप लगाइने भएको छ।
कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यार्थी परिचयपत्रका आधारमा खोप लगाइनेछ। त्यस्तै, विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्रका आधारमा पनि १८ वर्षभन्दा माथिका विद्यार्थीलाई खोप लगाइने महानगरले जनाएको छ।
जसअनुसार, सामाखुशीको राधास्वामी आइसोलेसन सेन्टर, बलम्बुको सशस्त्र प्रहरी बल अस्पताल, रत्नपार्कको वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल, बानेश्वरको निजामती कर्मचारी (सिभिल) अस्पताल, थापाथलीको परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल र छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिनेछ।
जारी सुचनाः
