४ भदौ,काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा गठन हुन लागेको नयाँ दलको नाम नेकपा एकीकृत (समाजवादी) रहने भएको छ।
नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो । निर्वाचन आयोगले एमाले राख्दा मूल पार्टीसँग जुध्ने सुझाव दिएपछि एमाले (समाजवादी) को नाम फेरिने भएको हो। पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) राखिने नेपाल पक्षका नेता मेटमणि चौधरीले जानकारी दिए।
आयोगले नेकपा एमाले पहिले नै दर्ता भएको, समाजवादी मात्र पनि निर्वाचन आयोगमा रहेको र यसले अलमल हुने भन्दै नाम फेर्न सुझाव दिएको थियो।
माधव समूहको नयाँ पार्टीको चुनाव चिन्ह पनि टुंगोमा पुगेको छैन। यसअघि निर्वाचन आयोगमा लगिएको निवेदनमा ‘खुल्ला किताब’ चुनाव चिह्न मागिएको थियो। तर, यसअघि नै उन्नत लोकतान्त पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि दर्ता गरेको निवेदनमा सोही चुनाव चिन्ह मागेका कारण त्यसलाई आयोगले अस्वीकार गरेको हो। त्यसपछि चुनाव चिन्हलाई खाली राखिएको थियो।