४ भदौ,काठमाडौँ । एपीवान टेलिभिजनले प्रसारण गर्दै आएको गायन प्रतियोगिता नेपाल आइडलको चौथो संस्करणमा निर्णायककोे रुपमा तिनै जना नयाँ अनुहार देखिएका छन् ।
एपीवानले शुक्रबार सार्वजनिक गरेको नयाँ संस्करणमा शम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानले निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् । यसअघिका तिन सिजनमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशीले यो जिम्मेवारी निर्वाह गरेका थिए ।
