४ भदौ,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना कोरोन संक्रमितको कुल संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ ।
यस्तै सोही अवधिमा २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण आज सहित १० हजार ४५५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार थप २ हजार २४४ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ९३ हजार ५४३ जनाले कोरोनालाइ जितेका छन् ।