४ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा समस्या आएको छ।
सचिवालयका अनुसार हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएको हो।आज रुघा, खोकी, ज्वरो देखिएपछि परीक्षण गरिएको थियो । कोरोना भाइरस सङ्क्रमणको समेत परीक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ ।
परीक्षण गरेका चिकित्सकले भाइरल ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन् ।