Top News राजनीति

पार्टी कब्जा गरेर समाप्त पार्ने कोशिस भएपछि विद्रोह गर्न बाध्य भयौंः माधव नेपाल

५ भदौ,काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाध्य भएर आफूहरुले नेकपा एमालेको पुनर्गठन गरेको बताउनु भएको छ ।

‘एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी) गठन गरेका छौं’, नेपालले शुक्रबार भने ।

शुक्रवार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै नेता नेपालले बाध्य भएर विद्रोह गर्दै नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गरिएको बताउनु भएको हो । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि जनस्तरबाटसमेत सकारात्मक सहयोगको अपेक्षा नयाँ पार्टीले गरेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *