५ भदौ,काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वभर थप ६ लाख ७५ हजार ८५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर सङ्क्रमितको संख्या २१ करोड १४ लाख ८६ हजार ७४५ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९६० जनाको मृत्यु भएको छ । योसँगै विश्वभर सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४४ लाख २६ हजार ४९२ पुगेको छ ।
यस्तै थप ५ लाख ३ हजार ८६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै विश्वमा संक्रमणमुक्त हुनेको संख्या १८ करोड ९२ लाख ४८ हजार ९५१ पुगेको छ ।