Top News राजनीति

सूर्य थापा भन्छन्ः फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी हुनै सक्दैन

५ भदौ,काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले माधव कुमार नेपाललाइ कटाक्ष प्रहार गर्दै फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी हुनै सक्दैन भनेका छन् ।

थापाले लेखेका छन्, ‘दुई दिनअघि मैले लेखेको थिएँ( दरखास्त हाल्दैमा नेकपा एमाले (समाजवादी)नाममा माधव कु।नेपालको पार्टी दर्ता भएको छैन, निर्वाचन आयोगले त्यसो गर्न सक्दैन र कानुनत मिल्दैन । उनी नाम बदल्न बाध्य भए। फुटेर बनेको गुट एकीकृत र व्यक्तिगत स्वार्थको डफ्फा समाजवादी त झन् हुनै सक्दैन । जुन गोरूको सिङ छैन,त्यसको नाम तिखे भनेजस्तो नाममै मजाक त नगर्ने कि, दुनियाँ हाँस्दैछन् ।’

थापाले सामाजिक सञ्जाल फेसबुक र ट्विटर मार्फत् उक्त कुरा लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published.