५ भदौ,काठमाडौँ । लोकप्रिय हास्य कलाकार शम्भुराज थापाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनको आज बिहान चार बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
केही समय यता भेन्टिलेटरमा उचार गराईरहेका ५५ वर्षीय थापाको उपचारकै क्रममा पाटन अस्पतालमा शनिबार बिहान निधन भएको जनाइएको छ।
तीन दशकदेखि कलाकारितामा सक्रिय थापाले थुप्रै टेलिसिरियल तथा केही फिल्ममा अभिनय गरेका छन्। थापाले पछिल्लो समय हल्का रमाइलो टेलिश्रृङ्खलामा ‘बखते’ को भूमिका निभाएका थिए । उनले मह सञ्चारको ‘आमा’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायतका टेलिश्रृङ्खलामा अभिनय गरेका छन् ।
थापाको निधनप्रति कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्। थापाको परिवारमा श्रीमती, एक छोरी र एक छोरा छन्। उनको आज शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।