Top News सम–सामयिक

अफगानिस्तानबाट थप १६५ नेपालीको उद्दार,अहिलेसम्म ४७० जना आए

५ भदौ,काठमाडौँ । अफगानिस्तानबाट थप १६५ जना नेपालीको उद्दार गरिएको छ । शुक्रबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट १६५ जनालाई स्वदेश ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हालसम्म ४७० नेपाली काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ। विभिन्न कूटनीतिक नियोग तथा अतिरिक्त अनौपचारिक क्षेत्रमा काम कार्यरत नेपालीहरूलाई उद्दार गरिएको हो ।

काठमाडौँ आइपुगेकाहरूलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको मन्त्रालयले बताएको छ।

शुक्रबार साँझसम्म कन्सुलर सेवा विभागको वेब पोर्टलमा ३१० अफगानिस्तानमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गरेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, मन्त्रालयले अफगानिस्तानमा रहेका अन्य नेपालीको उद्दारका लागि राजधानी काबुलबाट उद्दार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग समन्वय गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.