Top News राजनीति

ओली र नेपाल दुवैको सहमतिमा नै मुख्यमन्त्री भएकी हुँः अष्टलक्ष्मी शाक्य

५ भदौ,काठमाडौ । वाग्मती प्रदेशकी मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताएकी छिन ।

शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्नेबित्तिकै एमाले एकजुट भएर अघि बढ्ने विश्वास व्यक्त गरेकी छन्।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने भन्दै सिंगो पार्टीले एकतामा ध्यान दिनुपर्ने बताइन्।

उपाध्यक्ष शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गरिन्।

उनले भनिन्,‘म मुख्यमन्त्री हुनुमा दुवै नेताहरुको साथ छ। सहमति छ। अनि बाहिरबाहिर कुरा आउँछ, अष्ट त के(के भयो, के(के भनेर। लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नु भयो, यो गलत कुरा हो, उनले भनिन्, ुगलत सन्देश दिने काम नगरीदिनुहोस्। जे छ, त्यही कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ। मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ।

शाक्यले केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास समेत व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published.