Top News स्वास्थ्य

थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

५ भदौ,काठमाडौ । नेपालमा थप दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १३ हजार ७५ नमूना परीक्षण गर्दा दुई हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा हालसम्म ८ लाख २५ हजार ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको मन्त्रालयले शनिबार जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *