६ भदौ,काठमाडौँ । शनिबार राती स्पेनीस् क्लब बार्सिलोनाले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेलेको छ ।
मेम्फिस डेपेको गोलमा बार्सिलोनाले एथलेटिको बिलबाओसँग १–१ को बराबरी खेलेको हो । बिलबाओको लागी ५० औँ मिनेटमा इनिगो मार्टिनेजको गोल गरेका हुन् ।
बराबरी खेल्दै बार्सिलोना स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको हो । बार्सिलोना दुई खेलबाट चार अंक जुटाउँदै शीर्ष स्थानमा पुगेको छ । इन्जुरी समयमा एरिक गार्सियालाई रातो कार्ड देखाइएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।
लिगका शनिबार भएका अन्य खेलमा मालोर्कोले एलाभेसलाई १–० ले हरायो भने एस्पान्योल र भिल्लारियलले गोलरहित बराबरी खेले । यस्तै ग्रेनेडा र भ्यालेन्सियाको खेल १–१ को बराबरीमा रह्यो ।