Top News अर्थ

आज र भोली सेयर कारोबार बन्द

६ भदौ,काठमाडौँ । सेयर बजार आइतबार र सोमबार बन्द हुने भएको छ ।

आज आइतबार रक्षावन्धन तथा जनै पूर्णिमा परेकाले सरकारले मुलुकभर सार्वजनिक विदा दिएको छ । त्यस्तै, भोली सोमबार गाइजात्रा पर्व परेकाले काठमाडौं उपत्यकामा बिदा छ ।

सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा अडिएको छ । जसमा २० अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *