Top News राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

६ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।

बैठक बिहान ११ बजे कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी बैठक शनिबार पनि बसेको थियो । बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरिएको थियो।

आज आइतबारको बैठकमा नेताहरुको कार्यविभाजन तथा पुस ११देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनको तयारीको विषयमा टुंगो लगाइने श्रेष्ठको भनाइ छ । त्यस्तै माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने अन्य मन्त्रीको नामको विषयमा पनि छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.