अन्तर्राष्ट्रिय

मेक्सिकोमा भीषण आँधी, ८ जना भन्दा बढिको मृत्यु

६ भदौ,काठमाडौँ । पूर्वी मेक्सिकोमा आएको भीषण आँधीका कारण आठ जना भन्दा बढिको मृत्यु भएको छ।

शनिबार तीव्र गतिको हावा र ठूलो वर्षासहित भिषण आँधी आएको बीबीसीले जनाएको छ। आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको छ।

आँधीमा ज्यान गुमाउनेमध्ये ६ जना एकै परिवारका भएका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। वैज्ञानिकहरुले मेक्सिकोमा गएको आँधीलाई ‘ग्रेस’ नामाकरण गरेका छन्। आँधीको कारण कतिपय ठाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published.