Top News अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

६ भदौ,काठमाडौँ । आइतबार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुन तोलामा ९१ हजार दुई सय रुपैयाँ कायम भएको थियो।

यस्तै, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *