Top News राजनीति

म अझै एमाले मै छुःवामदेव गौतम

६ भदौ,काठमाडौँ । नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमा नै रहेको स्पष्ट पारेका छन्।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै बाहिर समाचार आएपछि गौतमको सचिवालयले हालसम्म नेकपा एमालेमा नै रहेको प्रस्ट पारेको हो ।

‘लामो समयदेखि अध्यक्ष केपी ओली नेतृत्वको कार्यशैलीप्रती मतभेद राख्दै आएपनि नेपाल नेतृत्वको नयाँ दल एमाले एकीकृत समाजवादी पार्टीमा लागेको कुरामा कुनै सत्यता छैन,’ सचिवालयले भनेको छ ।

‘आजभोलि केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ । नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन। क। वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा ९एमाले०को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ अन्यखाले प्रचारप्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु,’ सचिवालयले भनेको छ।

Leave a Reply

Your email address will not be published.