Top News सम–सामयिक

हेटौँडाबाट अपहरणमा परेका दुई युवाको भारतबाट सकुशल उद्धार

६ भदौ,काठमाडौँ । मकवानपुरको हेटौंडाबाट अपहरण गरी भारत पुर्‍याइएका २ युवालाई मकवानपुर प्रहरीले सकुशल उद्धार गरेको छ।

अपहरणमा परेका मकवानपुरको हेटौँडा उपमहानगरपालिका ९ का २३ वर्षीय गोबिन्द श्रेष्ठ र २२ वर्षीय पवन राना मगरलाई शनिबार राति सकुशल उद्धार गरेको मकवानपुर प्रहरीले जनाएको छ।

तीनजना भारतीयले उनीहरूलाई अपहरण गरी ५ लाख रुपैयाँ फिरौती मागेका थिए।

भदौ ३ गतेदेखि उनीहरु हराइरहेका थिए। शनिबार राति भारतीय प्रहरीको सहयोगमा मोतिहारीमा फेला पारेको मकवानपुरका डीएसपी जयश्वर रिमालले बताए।

उद्धार गरिएका युवालाई आफन्तको जिम्मा लगाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अपहरणमा संलग्नलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन।

Leave a Reply

Your email address will not be published.