६ भदौ,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा कोरोना परीक्षण भएकोमा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७५१ पुगेको छ।
यस्तै, संक्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ। देशभर कोरोना संक्रमणका कारण हालसम्म १० हजार ५०९ जनाको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा २ हजार २४८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।