Top News खेलकुद

लेभान्तेसँग बराबरीमा रोकियो रियल मड्रिड

७ भदौ,काठमाडौँ । ा स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड १० खेलाडीमा सीमित लेभन्टेसँग बराबरीमा रोकिएको छ।

स्टेडियो सियुडाड डी भ्यालेन्सियामा सम्पन्न भएको ला लिगाको खेल ३–३ को बराबरीमा सकिएको हो ।

खेलको पाँचौ मिनेटमा करिम बेन्जेमाको पासमा ग्यारिथ बेलले रियल मड्रिडलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको शुरुवातमा नै रोजर मार्टीले लेभान्तेका लागि गोल फर्काए । उनले खेलको ४६ औं मिनेटमा गोल गर्दा जोस काम्पनाले ५७ औं मिनेटमा गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए। उता रियलका लागि ७३ र ८५ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दा लेभान्टेका रोबेर पिएरले ७९ औं मिनेटमा गोल गरेका थिए। खेलको ८७ औं मिनेटमा लेभान्टेका एइटोर फर्नान्डेज रेडकार्ड खाँदै बाहिरिँदा अन्तिम समयमा लेभान्टे १० खेलाडीमा समेटिएको थियो।

त्यस्तै डिफेन्डिङ च्याम्पियन एथ्लेटिको म्याड्रिडले इल्चेलाई हराउँदै लगातार दोस्रो जीतसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published.