७ भदौ,काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज (सोमबार) बाँडफाँट हुँदै छ ।
अहिले बिहान साढे ८ बजे आइपिओ बाँडफाँट हुने उक्त लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जनाएको छ।
कम्पनीले साउन २७ देखि ३१ गतेसम्म सर्वसाधारणबाट आइपिओका लागि आवेदन लिएको थियो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयरका लागि २४ लाखभन्दा बढीले आवेदन दिएका थिए।
गोला प्रथाबाट ३६ हजार ८ सय ५९ जनाले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन्। तीनजनाले थप एक कित्ता सेयर पाउने पनि बताइएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको वेबसाइट http://www.nsmbl.com.np/menu/ipo-fpo-share-allotment-check तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।