७ भदौ,काठमाडौँ । भारतमा थप २५ हजार ४२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड २४ लाख ४८ हजार ९६९ पुगेको छ ।
यस्तै त्यहाँ ३ लाख ४१ हजार ८२ जना संक्रिय संक्रमित छन् ।
२४ घण्टामा थप ३८५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३४ हजार ७८४ पुगेको छ ।