७ भदौ,काठमाडौँ । बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो ।
फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फ्यानहरू दोस्रो च्याप्टरको पर्खाइमा बसिरहेका छन् ।
फिल्मका निर्माता तथा कास्टले रक्षाबन्धनको अवसर पारेर यसको रिलिज मिति २०२२ को अप्रिल १४ तोकेका छन् ।
च्याप्टर( २ मा पनि यश र श्रीनिधी शेट्टी शीर्ष भूमिकामा देखिनेछन् । पहिलो च्याप्टरभन्दा दोस्रो च्याप्टर अझ रोचक हुनेछ । किनभने च्याप्टर( २ मा संजय दत्त र रवीना टण्डनको पनि अभिनय देख्न पाइनेछ ।
संजय दत्त खलनायकको भूमिकामा देखिनेछन् । उनको लुक्स यसभन्दा अगाडि आइसकेको छ ।
कन्नड भाषामा बनेको यो चलचित्र हिन्दी, तेलगू, तमिल र मलयालम भाषामा पनि रिलिज हुनेछ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका छन् ।