७ भदौ,काठमाडौँ । लुम्बिनी प्रदेश सभाको आज (सोमवार) बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरुद्ध गरेको छ ।
नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् । भदौ १ गतेदेखि शुरू भएको नवौं अधिवेशनका कुनै पनि बैठक चलेका छैनन् ।
सूर्य चिह्नबाट निर्वाचित दुई सांसदहरु (अजय शाही र विमला वली) लाई सभामुखले पदमुक्त नगर्दासम्म संसद् चल्न नदिने एमालेले बताएको छ ।