Top News राजनीति

योगेश भट्टराईको दुइजिब्रे बोलिः माधव नेपाल हतार गरेर पार्टी दर्ता गर्न जानुभयो

७ भदौ,काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले नेता माधवकुमार नेपाल हतारिएर नयाँ दल दल दर्ताका लागि निर्वाचन आयोग गएको बताएका छन् ।

निर्णायक मोडमा पुगेपछि नेपालको साथ छोडेका नेता भट्टराइले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि भने, ‘अलग पार्टी दर्ता प्रक्रियामा रहेका नेताहरुलाई स्थगित गरेर पार्टी एकतामार्फत ऐतिहासिक रुपमा लाग्नको लागि भोलिको स्थायी कमिटी बैठकले आह्वान गर्छ।

आज एमाले अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा भएको छलफलपछि उनले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुसँग छलफल नै नगरी निर्णय गरेको आरोप पनि लगाए ।

‘पार्टी विभाजनको बाटोमा हाम्रो साथ हुँदैन भनेर भन्दै आएको हौँ। तर, उहाँले हतारमा पार्टी स्थायी कमिटीको टिमसँग निर्णायक छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट भन्दा बाहिर जानुभयो। धेरै केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यलाई जानकारी नै गर्नुभएन’ उनले भने।

भट्टराईका अनुसार अध्यक्ष ओलीले पार्टी एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो रहेको बताएका छन् । एमालेले मंगलबार स्थायी कमिटी बैठक बोलाएको छ । आजको छलफलपछि २०७५ जेठ २ गतेको संरचना स्थापित हुने उनले बताए । स्थायी कमिटीले केन्द्रीय कमिटी बैठक आह्वान गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published.