७ भदौ,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८ सय ०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४८ हजार ९८१ पुगेको छ।
यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ।
सोहि अवधिमा १ हजार ९२४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ९७ पुगेको छ।
हाल देशभर ३८ हजार ३५१ सक्रिय संक्रमित छन्।