Top News राजनीति

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

८ भदौ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज ११ बजे स्थायी कमिटीको बैठक बोलाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफलका लागि पुगेका मध्यमार्गी नेताहरुसँगको छलफलपछि बैठकको मिति तय गरिएको हो।

बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published.