Top News शिक्षा

कक्षा १२ को परीक्षा छिटो सञ्चालन गर्न सरकारलाई शिक्षा तथा स्वास्थ्य समितिको निर्देशन

८ भदौ,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वाथ्य समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार सरोकारवालाहरुसँगको छलफलपछि छिटो भन्दा छिटो कक्षा १२ को परीक्षा लिन निर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन । ‘सीसीएमसीको गलत निर्णयका कारण परीक्षा स्थगित हुनु पुगेको निष्कर्ष निकाल्यौं,’ उनले भनिन्, ‘विद्यार्थीलाई चाँडो खोप दिएर, पहिल्यै तय भएको मोडल र तयारीअनुसार परीक्षा गर्न भनेका छौं ।’

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थी पढेकै विद्यालयमा परीक्षा दिन पाउने होम सेन्टरको व्यवस्था गरेको छ भने दुई सयभन्दा बढी परीक्षार्थी भएका केन्द्रमा उपकेन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

तर‚ कोरोना संक्रमण बढेकाले सीसीएमसीले परीक्षा तत्काल नगर्न सिफारिस गरेपछि परीक्षा स्थगित भएको हो । परीक्षा साउन ३१ गतेदेखि हुने तय थियो ।

Leave a Reply

Your email address will not be published.