Top News अर्थ

जलविद्युत् कम्पनीको शेयरमा पहिरो, नेप्सेमा ५६ अङ्कको गिरावट

८ भदौ,काठमाडौं । आइतबार र सोमबार लगातारको दुईदिन सार्वजनिक बिदापछि आज खुलेको सेयर बजारमा उच्च अङ्कको गिरावट भएको छ ।नेप्से आज मङ्गलवार ५६ अङ्कले घटेर तीन हजार एक सय २४ दशमलव ८७ विन्दुमा झरेको छ ।

जलविद्युत कम्पनीको सेयर मूल्यमा भारी गिरावट आउँदा नेप्सेमा उच्च अङ्कको गिरावट भएको हो । आज नेप्सेमा वित्त कम्पनी र निर्जीवन बिमाबाहेक सबै उपसूचकमा गिरावट हुुँदा जलविद्युत् उपसूचक सर्वाधिक ६.२१ र विकास बैंक उपसूचक ३.९८ तथा लगानी उपसूचक ४.४३ प्रतिशतले गिरावट भएको छ ।

यस दिन जम्मा ३३ कम्पनीको मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य भने स्थिर रह्यो।
गोर्खाज फाइनान्स र जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ। सो मूल्यवृद्धिपछि गोर्खाजको प्रतिकित्ता १४१० र जीवन विकासको ४ हजार २९६ रुपैयाँ पुगेको छ।

सेन्ट्रल फाइनान्सको मूल्य ७.४ प्रतिशतले बढेको छ भने नेको इन्स्योरेन्सको ५ प्रतिशतले बढेको छ। जनरल इन्स्योरेन्सको मूल्य साढे ४ प्रतिशतले बढेको छ।

Leave a Reply

Your email address will not be published.