Top News राजनीति

एमालेको स्थायी कमिटी बैठक सुरु

८ भदौ,काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो ।

बैठकको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बधाई दिएका छन् । मुलुकको पहिलो मुख्यमन्त्री बनेको भन्दै ओलीले शक्यलाई बधाई दिएका हुन् ।

१० बुँदे सहमति कार्यान्वयन गर्ने अध्यक्ष केपी शर्मा ओलीको प्रतिवद्धतापछि बोलाइएको स्थायी कमिटी बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका १० नेताहरु पनि सहभागी भएका छन् ।

बैठकमा माओवादी केन्द्र परित्याग गरेर आएका पूर्व माओवादी नेताहरु समेत सहभागी छन् ।

आजको बैठकमा एमालेको विवाद समाधन गर्न गठित तत्कालीन कार्यदलमा भएको १० बुँदे सहमतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.