Top News स्वास्थ्य

थप २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि,३५ जनाको मृत्यु

८ भदौ,काठमाडौं । देशभरि पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८ सय १० जनाको कोरोना परीक्षण गरिएको थियो।

त्यस्तै कोरोना संक्रमणबाट २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार यससँगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ पुगेको छ।

सोहि अवधिमा २ हजार ८६ जना कोरोनामुक्त भएका छन्।

हाल मुलुकभर ३८ हजार २ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published.